Terms and Conditions

द जेनरेशन ग्रिन
मेरो प्रतिबद्धता

म वातावरण र प्राकृतिक स्रोत तथा जैविक विविधता संरक्षण गर्न र राष्ट्रको दिगोे विकासका लागि द जेनरेशन ग्रिन अभियानमा आबद्ध भई यसका आदर्शप्रति प्रतिबद्ध रहने छु ।
विश्वको जुनसुकै स्थानमा रहे पनि यस अभियानबाट सिकेको ज्ञान र सीपलाई सधैँ व्यवहारमा ल्याउने प्रयत्न गर्नेछु । यस अभियानका क्रममा बनेको सम्बन्धलाई दिगो प्रकृति संरक्षण तथा विकासका लागि मात्र उपयोग गर्ने वचनबद्धताका साथ द जेनरेशन ग्रिनका निम्न आदर्शहरुप्रति सदा सर्वदा समर्पित रहने प्रतिज्ञा गर्दछु ।

द जेनरेशन ग्रिनका आदर्शहरु
१. आफूमा प्रकृति संरक्षणको भाव जगाउनेछु र अरुलाई पनि यसमा लाग्न उत्प्रेरित गर्नेछु ।
२. प्राृकतिक सम्पदाको संरक्षण गर्ने कार्यलाई आफ्नो जीवनको उद्देश्य बनाउनेछु ।
३. आत्मविश्वासमा वृद्धि गरी आफ्ना विचार प्रष्टसँग अभिव्यक्त गर्नेछु र अरुको विचारको सदा सम्मान गर्नेछु ।
४. नयाँ कुरा सिक्न तत्पर रहनेछु र आफूले जानेका कुरा अरुलाई पनि सिकाउनेछु ।
५. सम्भव भएसम्म वातावरण मैत्री उत्पादनको उपयोग र प्रवद्र्धन गर्नेछु ।
६. सकारात्मक सोचमा वृद्धि गरी हरेक कार्यको उत्साहपूर्वक थालनी गर्नेछु ।
७. व्यक्तिगत भविष्य निर्माण गर्दै समाज र राष्ट्रको विकासमा योगदान गर्नेछु ।
८. नेपालीहरुका बीचमा भाइचारा र सहकार्यको वातावरणको सिर्जना गर्नेछु ।
९. नेपालको दिगो विकास र समृृद्धिलाई आफ्नो प्राथमिकता बनाउनेछु ।
१०. विश्वको जुनसुकै स्थानमा रहेपनि समग्र पृथ्वीको संरक्षण र मानवताको पक्षमा कार्य गर्नेछु ।

The Generation Green
My Pledge 

Being associated with The Generation Green (TGG), I will abide by its principles of conserving the environment, natural resources and biodiversity along with sustainable development of the nation.

I will try my best to implement the knowledge and skills gained through the campaign, wherever I am (in the world). I am committed to the following principles of TGG, and I promise to apply the relationships built during the campaign for the sole purpose of sustainable nature conservation and development. 

The principles of The Generation Green:

  1. I will cultivate a habit of environmental conservation and inspire others towards it.
  2. I will consider conservation of natural heritage as an integral goal of my life.
  3. I will develop my confidence to clearly put forth my opinions while respecting the viewpoints of everyone else.
  4. I will always be ready to enhance my knowledge and share the learning with others.
  5. I will use eco-friendly products as far as possible, besides promoting their use.
  6. I will practice positive thinking and fill my life with enthusiasm.
  7. I will focus on personal development so as to contribute towards the development of the society and the nation as a whole.
  8. I will help to spread the message of brotherhood and cooperation.
  9. I will give priority on sustainable development and prosperity of Nepal.
  10. I will work towards the conservation of the planet and the benefit of humanity, wherever I reside in the world.